Ø नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
Ø नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
Ø नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
Ø नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
Ø नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
Ø नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
Ø नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
Ø नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
Ø नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
Ø चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
Ø भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
Ø क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
Ø नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
Ø नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
Ø नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
Ø नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
Ø नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
Ø नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर
Ø फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
Ø सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
Ø घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन
Ø नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा
Ø नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
Ø हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि
Ø पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ? – समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
Ø हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
Ø पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
Ø तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
Ø सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ? – ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
Ø राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
Ø नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
Ø कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
Ø नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
Ø नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
Ø ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
Ø ६/६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
Ø महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
Ø गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
Ø सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
Ø चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
Ø सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?
–जलेश्वर
Ø ४/४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
Ø सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
Ø नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
Ø पूर्वाञ्चल क्षेत्रको सदरमुकामको नाम के हो ? –धनकुटा
Ø पूर्वाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्लाहरु रहेकाछन् ? –१६ वटा
Ø पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पोखरा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø धवलागिरी अञ्चलको पूर्वमा पर्ने अञ्चल कुन हो ? –गण्डकी
Ø महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
Ø ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
Ø दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
Ø नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
Ø जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
Ø सगरमाथालाई तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
Ø सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
Ø मध्यमापश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर कुन जिल्लामा पर्दछ ? –सुर्खेत
Ø मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा कतिवटा जिल्ला रहेकाछन् ? –१९ वटा
Ø सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
Ø नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
Ø सबभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल
Ø सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
Ø धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
Ø नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
Ø पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
Ø तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
Ø नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
Ø भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
Ø नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
Ø नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
Ø फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
Ø हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
Ø पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
Ø तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
Ø समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
Ø समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
Ø लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
Ø राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
Ø नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
Ø महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
Ø महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
Ø ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
Ø माछापुच्छे हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
Ø सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
Ø सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
Ø कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
Ø सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे
Ø बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
Ø नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
Ø धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी
Ø त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
Ø टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
Ø च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
Ø महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
Ø पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर
Ø संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।
Ø नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ
Ø भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत
Ø नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
Ø नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना
Ø नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर
Ø काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली

Ø नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
Ø स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
Ø ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
Ø सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
Ø राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
Ø सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
Ø धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
Ø सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
Ø डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
Ø काकडभिट्टा–बङ्ग
लाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ? –२०५४ भाद्र १६
Ø नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
Ø सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभाने चौर
Ø चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)
Ø नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)
Ø नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
Ø नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)
Ø नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी
Ø दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
Ø नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ? – कन्चनपुरको दोधारा
Ø विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा
Ø नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा
Ø नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा
Ø नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली
Ø नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट
Ø नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु
Ø नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
Ø नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली
Ø अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
Ø बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
Ø विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ
Ø माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल
Ø फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर
Ø नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल
Ø नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)
Ø नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
Ø नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
Ø नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
Ø काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
Ø नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
Ø गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
Ø भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
Ø कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
Ø नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
Ø नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
Ø शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
Ø ७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की
Ø करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
Ø चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
Ø बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
Ø सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
Ø कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड
Ø हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा
Ø सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
Ø क्षेत्रफलको आधारमा सबैभन्दा सानो नगरपालिका बनेपा (५.५६ वर्ग कि.मी) हो भने सबैभन्दा ठूलो नगरपालिका कुन हो ? – त्रियुगा नगरपालिका (३१९.८८ वर्ग कि.मी)
Ø पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
Ø संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
Ø रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा
Ø चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
Ø पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा
Ø तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची
Ø नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
Ø सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
Ø नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
Ø सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
Ø हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
Ø नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा
Ø नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
Ø प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान
Ø काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.
Ø नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
Ø नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा
Ø बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमालØ बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
Ø विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
Ø नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
Ø महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
Ø हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा
Ø नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
Ø बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
Ø सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
Ø नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? – ३.९५%
Ø नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ? – ८ करोड ३ लाख किलोवाट
Ø अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
Ø नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
Ø भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
Ø चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
Ø दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
Ø काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.
Ø नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
Ø नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
Ø नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
Ø नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
Ø मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
Ø सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
Ø महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
Ø हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
Ø महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
Ø भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
Ø काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
Ø काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
Ø काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
Ø चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
Ø झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
Ø कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
Ø महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
Ø सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
Ø दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुरØ कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
Ø नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
Ø अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
Ø क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
Ø नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
Ø नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
Ø च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
Ø म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
Ø नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
Ø विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
Ø पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
Ø हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
Ø तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
Ø काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
Ø नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
Ø विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
Ø बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
Ø स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
Ø सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
Ø महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
Ø नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
Ø कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत
Ø सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
Ø महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली
Ø मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
Ø चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
Ø नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी र राप्ती
Ø महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
Ø माछापुच्छे हिमालको उचाई कति छ ? –६९९६ मिटर
Ø फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना
Ø लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
Ø नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ
Ø प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
Ø ५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम
Ø नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग
Ø नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६°१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि
Ø नेपालको सबैभन्दा ठूलो नगरपालिका कुन हो ? –त्रियुगा नगरपालिका
Ø नेपालको सबैभन्दा सानो नगरपालिका कुन हो ? –बनेपा नगरपालिका
Ø धेरै जनसंख्या भएको नगरपालिका काठमाण्डौ महानगरपालिका हो भने सबैभन्दा कम जनसंख्या भएको नगरपालिका कुन हो ? –धुलिखेल नगरपालिका
Ø नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
Ø जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
Ø नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? – मुगु
Ø रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ? – वि.सं. २०२० चैत्र १३ गते
Ø अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर
Ø नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
Ø नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९
Ø गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी
Ø वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
Ø मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
Ø रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.
Ø शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
Ø नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
Ø नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
Ø पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
Ø नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
Ø नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
Ø नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६
Ø जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
Ø गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
Ø नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८
Ø डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
Ø नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु
Ø नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.
Ø नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
Ø नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ? – वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले
Ø नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा
Ø नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला (२०७२ को संबिधानले प्रदेशमा बिभाजन गरेता पनि जिल्लाहरु कायमै छन र प्रदेशको ब्यवस्थित कार्यन्वयन हालसम्म भएको छैन। )
Ø नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु २४ वटा छन् चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा
Ø नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
Ø विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
Ø विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल
Ø विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)
१. विश्वमान चित्रमा नेपाललाई चिनाउनुहोस् ।
– नेपाल पृथ्वीको उत्तरी गोलाद्र्धमा अवस्थित एक भुपरिवेष्ठित राष्ट्र हो ।
– यसले कुल पृथ्वीको ०.०३५, एसियाको ०.३५ र दक्षिण एसियाको ३५ भु–भाग ओगटेका छन् ।
– यसको क्षेत्रफल १,४७,१८१ बर्ग कि.मि.(५६.८२७ वर्ग माइल) रहेको छ ।
– यो २६ २२ु उतरदेखि ३० २७ु उत्तरी अक्षांसमा रहेको छ भने ८० ४ु पुर्व देखि ८८ १२ु पूर्वी देशान्तरसम्म फैलिएका छन् ।
– यसको पूर्व – पश्चिम लम्बाई ८८५ कि.मि.र उत्तर–दक्षिण चौडाई १९३ कि.मि.रहेका छन् जसमा सबभन्दा बढी चौडाई सुदुर पश्चिमाञ्चलको २४१ कि.मि.र सबभन्दा कम चौडाई पश्चिमाञ्चलको १४५ कि.मि.रहेका छन् ।
– यो समुन्द्र सतह देखि ११२६ कि.मि. टाढा रहेको छ ।
– यसको समय ८६ १५ु पूर्वी देशान्तरमा अबस्थित गौरीशंकर (पाथिभारा) हिमाललाई आधार मानि तय गरिएको छ ।
– तेस्रो धु्रवको देश, मन्दिरै मन्दिरहरुको देश, बहुसाँस्कृतिक बहुजातीय आदि उपनामले चिनिन्छ ।
– नेपाल बंगलादेशबाट २७ कि.मि. र भुटानबाट ३२ कि.मि. टाढा छ ।
– चौहदी ः
पूर्व ः– भारतको पश्चिम बंगाल र सिक्किम
पश्चिम ः–भारतको उतराञ्चल प्रदेश
उत्तर ः– चीनको स्वशासित तिब्बत क्षेत्र
दक्षिण ः– विहार र उत्तर प्रदेश
३. धरातलिय स्वरुपको आधारमा नेपाललाई कति भागमा विभाजन गरीएको छ ?
नेपाललाई धरातलिय स्वरुपको आधारमा निम्न तीन भागमा विभाजन गरिएको छ ।
हिमाली प्रदेश –
– हिमाली प्रदेश समुन्द्र सतहदेखि ३००० मिटर देखि ८८४८ मिटर उचाईसम्म फैलिएको छ ।
– यसले नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत ( २२०७७ वर्ग कि.मि. ) भु भाग ओगटेको छ ।
– नेपालको सबभन्दा उतरी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको यस प्रदेशको अधिकांस भु
भाग पत्रे चट्टानद्धारा बनेको छ ।
– यसको पुर्व–पश्चिम लम्बाई ८८५ कि.मि. र उतर दक्षिण चौडाई २५ देखि ५० कि.मि. रहेको छ ।
– यसमा नेपालको १६ वटा जिल्लाहरु पर्दछन् ।
– यसको ५००० मिटर भन्दा माथीे बाह्रै महिना हिउँले ढाकिरहने हुनाले ५००० मिटरको उचाईमा हिमरेखा
पर्दछन् भने सबभन्दा होचो हिमरेखा ४५०० मिटरको उचाईमा गोरखाको रुपनाला रहेको छ ।
– विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ८००० मिटर भन्दा माथी रहेको नेपालको ८ वटा हिमशिखरहरु यसै
क्षेत्रमा पर्दछन्
– वि.स. २०६८ सालको जनगणना अनुसार करिब ६.७३ प्रतिशत जनता यस क्षेत्रमा बसोवास गरेको पाइन्छ ।
– बौध धर्मालम्बीको बाहुल्यता ।
– तिब्बती जनजीवनको प्रभाव ।
हिमाली प्रदेशका विशेषताहरु ः–
– हिमाली प्रदेशको आधाजति महिना हिउँले छोपी रहने हुनाले यहाँ धेरै उब्जाउ हुदैन जसले गर्दा खाद्य संकटको अवस्था रहिरहन्छ । यहाँ आलु, जौ, स्याउ आदि जस्ता खाद्यान्न उत्पादन हुन्छ ।
– हिमाली प्रदेशमा जनसँख्याको चाप एकदमै कम छ । यस प्रदेशमा बौद्ध धर्मालम्बीहरु (शेर्पा, थकाली, मनाङ्गी, भोटे आदि) को बसोवास भएको पाइन्छ ।
– थेप्चो छाना भएको ढुङ्गाको घर, बाक्लो उनी लुगा, उन उद्योग, पर्वतारोहन, पशुपालन जस्ता कुरा हिमाली जीवनमा देखा पर्दछन् ।
– यो क्षेत्रमा यातायात तथा सञ्चारको विकासको कमी, शिक्षा तथा स्वास्थ्य जस्ता आधारभुत आवश्यकताको कमी जस्ता कुराले जीवन एकदमै कष्टकर रहेको छ ।
– जलवायु परिवर्तनको असरले यो क्षेत्रमा बसोबास गर्ने मानिसहरुको परम्परागत जीवनशैलीमा झनै थप समस्या सिर्जना भएको पाइन्छ ।
– औषधिजन्य जडीबुटीको केन्द्र
– विभिन्न हिमनदीर नदीहरुको उद्गमस्थल,
– ४ प्रतिशत खेतीयोग्य भुमि ।
– हिमाली प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ –
मुख्य हिमाल
– समुन्द्री सतहभन्दा ५००० मिटर भन्दा माथिको सबै भुभाग लाई मुख्य हिमाल भनिन्छ ।
– यो नेपालको सबैभन्दा उच्च हिमाली श्रृंखला हो ।
– यस खण्डलाइ हिमरेखा माथिको खण्ड पनि भनिन्छ ।
– निकै उचाईमा कारण यस्ता पर्वतहरु अधिकांश हिउँले दाकिएको हुन्छन् । त्याहाँ वर्षा ज्यादै न्युन हुन्छ र भुधरातल भिरालो र रुखो छ ।
– विश्वका ८००० मिटरभन्दा माथिका १४ शिखरमध्ये ८ वटा शिखरहरु यसै क्षेत्रमा पर्दछन् ।
– यस अन्तर्गत कुम्भकर्ण, रोल्वालिङ, महालंगुर, सिंहलिला, लामटाङ, अन्नपुर्ण, कञ्चनजङ्घा, ल्होत्से, धवलागिरि, सगरमाथा, मकालु आदि पर्दछन् ।
भित्री हिमाल
– यस क्षेत्रअन्तर्गत मुख्य हिमाल र महाभारतका उच्च धरातलिय स्वरुप वीचको भु भागहरु पर्दछन् ।
– २४०० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा रहेका यस्ता हिमाली उपत्यकाहरुलाई भोट प्रदेश पनि भनिन्छ ।
– यस क्षेत्रअन्तर्गत मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, थाकखोला, जुम्ला आदि पर्दछन् ।
– यस क्षेत्रलाई भोटे प्रदेश पनि भनिन्छ ।
सीमान्त हिमाल
– मुख्य हिमालय भन्दा उतर तिब्बती सीमा क्षेत्रको दक्षिणमा ३० देखि ४५ कि.मि. को चौडाईमा नेपालका पश्चिमी भागमा अति उच्च हिमशिखरहरुमा मुस्ताङ, गोरखा, कान्ति, चण्डी एवम् गुराँस हिमालहरु यस क्षेत्रमा पर्दछन् ।
– यो क्षेत्र नेपालका उत्तरी सिमानाको क्षेत्र हो ।
– अत्यन्तै ठण्डा, सुख्खा र रुखो ठाउँ भएकाले बसोबास र खेतीपातीका लागि यो क्षेत्र उपयुक्त छैन ।
– शेर्पा, थकाली, भोटे, मनाङ्गी जस्ता जातजातीहरु यस क्षेत्रमा बसोवास गर्दछन् ।
– हिमाली प्रदेशको तल्लो भागमा पर्ने हिमाललाई सीमान्त हिमाल भनिन्छ ।
पहाडी प्रदेश
नेपालको मध्य भागमा पूर्वदेखि पश्चिमसम्म फैलिएको उतरमा हिमालय र दक्षिणमा तराईवीच उच्च होचा पहाडहरु, फराकिला साँघुरा उपत्यका, दुन, बेँसी तथा टार यस क्षेत्रमा पर्दछन् ।
– यो क्षेत्र समुन्द्र सतहदेखि ६०० देखि ३३०० मिटर उचाईसम्म फैलिएको छ ।
– यसले देशको ६८ प्रतिशत भुभाग ओगटेको छ भने यसमा नेपालको ३९ वटा जिल्लाहरु पर्दछन् ।
– वि.स. २०६८ सालको जनगणना अनुसार ४३.०१ प्रतिशत जनसंख्या यस क्षेत्रमा रहेका छन् ।
– नेपालको प्रमुख उपत्यकाहरुको साथै ५ वटै विकास क्षेत्रको सदरमुकाम यसै क्षेत्रमा रहेका छन् ।
– यसको उतर– दक्षिण चौडाइ ७५ देखि १२५ कि.मि. र पूर्व– पश्चिम लम्बाई ८८५ कि.मि. रहेको छ ।
पहाडी प्रदेशको जनजीवन ः–
– पहाडी प्रदेशको हावापानी तुलनात्मक रुपमा स्वस्थकर र सुहाउदो भएको कारण पशुपालन र फलफुल तथा तरकारी खेतिको मुख्य केन्द्र रहेका छन् ।
– यस क्षेत्रमा बाहुन, क्षेत्री, मगर, तमाङ जस्ता जाती र हिन्दु धर्म मान्नेहरुको बाहुल्याता रहेका छन् ।
– यस प्रदेशमा सन्तुलित प्रकारको हावापनी अर्थात न धेरै गर्मी न धेरै जाडो हुने हुनाले दौरा, सूरुवाल, कमिज,चोलो,सारी,धोती,स्वीटर जस्ता कपडाहरु लगाइन्छ ।
– भुक्षय, बाढी, पहिरो, डढ्ेलो जस्ता प्राकृतिक विपत्तीहरु वर्षेनी रुपमा आइपर्ने हुनाले जनजीवनमा यसले नाकारात्मक प्रभाव पारेको पाइन्छ ।
– यस क्षेत्रमा पर्ने केही शहरहरमा भौतिक तथा सामाजिक पूर्वाधारहरुको राम्रै विकास भएतापनि अधिकांश गा्रमिण भेगहरुमा यी सुविधाहरुको न्युनता नै भएकाले यस प्रदेशमा पनि जनजीवन कष्ठकर नै रहेको पाइन्छ ।
– यस प्रदेशका मानिसहरु कृषि, व्यापार, नोकरी, वैदेशिक रोजगारी, पर्यटन लगायतका विभिन्न पेशामा आवाद्ध रहेका छन् ।
– हिन्दु धर्मालम्बीहरुको बाहुल्यता ।
– दलित समुदायहरुको मुख्य बस्ती ।
– पहाडी प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ —
महाभारत पर्वत क्षेत्र
– यो पर्वत क्षेत्र १५०० देखि ३००० मिटर सम्मको उचाइमा फैलिएको छ ।
– यस क्षेत्रलाई मोडदार पहाडहरु वा पर्वत क्षेत्र पनि भनिन्छ ।
– यस पर्वत श्रेणिलाई लघु हिमालय र मध्य हिमालय पनि भनिन्छ ।
– यस क्षेत्रमा ठुला भञ्ज्याङहरु र उच्च पहाडहरु रहेका छन् ।
– यसले कोशी, गण्डकी, नारायणी जस्ता नदीहरुलाई खण्डित गरेको छ ।
– यसको सर्वोच्च शिखर शैलुङ दोलखा जिल्लामा रहेको छ ।
मध्य क्षेत्र वा मध्वर्ती भुमी
– पहाडी प्रदेशको विचविचमा पाइने टार, बेसी, उपत्यकालाई मध्य क्षेत्र वा मध्य भुमी भनिन्छ ।
– करिब २५ देखि ५० किलोमिटर चौडाई भएको यो क्षेत्रको उचाई ९०० देखि १८०० मिटरसम्म रहेको छ ।
– यो क्षेत्र पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीको विचमा रहेको छ ।
– रुम्जाटार, तुम्लिङ्गटार, बेलटार, चेपेटार, सल्यानटार, जरायोटार, बटार, काठमाण्डौ उपत्यका, पोखरा, पाँचखाल आदि उपत्यका यस क्षेत्रका उल्लेखनिय भुमि हुन ।
– यस क्षेत्रमा हावापानीको अनुकुलताको कारणले गर्दा यहाँ अत्यधिक जनसंख्याको चाप रहेको छ ।
चुरे पर्वत श्रेणी
– यो पर्वत श्रेणी ६०० देखि १८७२ मिटर उचाइसम्म फैलिएको छ ।
– यो पश्चिम देखि कोशी नदीसम्म महाभारतकै सामानान्तर भई रहेको छ ।
– चुरिया भनेर चिनिने यो क्षेत्रलाई दाङ देउखुरी क्षेत्रमा डंडुवा, बागमती नदी पूर्वमा भटवाना र कोशी पूर्वमा चुलाचुली भनिन्छ ।
– यसलाई भारतमा शिवालीक र वर्मामा इरावती भनिन्छ ।
– पूर्वमा होचो र पश्चिममा अग्लो हुँदै गएको यो पर्वत श्रेणीको सबभन्दा अग्लो भाग गार्वा कैलाली जिल्लामा रहेको छ जसको उचाई ५,४६२ फिट रहेको छ ।
– यसको औसत उचाई ४००० फिट रहेको छ ।
– यो पर्वत श्रेणी प्लेसटोसियन युगमा कंकड, पत्थर, बालुवा, अभ्रक, बलौटे ढुंगा मिली बनेको मानिन्छ ।
तराई प्रदेश
– तराई प्रदेश नेपालको सबभन्दा दक्षिण भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म २५ देखि ३० कि.मि. सम्मको चौडाइमा र ८८५ कि.मि. लम्बाइमा फैलिएको छ ।
– यो प्रदेश समुन्द्र सतहदेखि ५९ देखि ६०० मिटरसम्म उचाइमा रहेको छ ।
– यसले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत र २० जिल्ला ओगटेर रहेको छ ।
– वि.स. २०६८ को जनगणना अनुसार ५०.२७ प्रतिशत जनसंख्या यस क्षेत्रमा रहेको छ ।
तराई प्रदेशका जनजीवन ः–
– अन्य प्रदेशको तुलनामा धेरै वर्षात हुने तथा सिँचाइको राम्रो सुविधा भएको उब्जनशील समथर जमीन भएकाले पर्याप्त मात्रामा खाद्यान्न उत्पादन हुृने गर्दछ ।
– खेतियोग्य भुमी, अन्नको भण्डार, समथर भुमी आदिका नामले पनि चिनिने यस क्षेत्रमा जाडोमा अति जाडो र गर्मिमा अति गर्मि हुन्छ ।
– औधोगिक क्षेत्रको नामले परिचित यो प्रदेश तुलनात्मक रुपमा देशको सुविधा सम्पन्न क्षेत्रको रुपमा चिनिन्छ
– देशको दक्षिणी भूभागको खुल्ला सिमानाका कारण यस क्षेत्रमा भारतीय सँस्कृतिको प्रभाव बढी रहेको पाइन्छ
– विकासको पूर्वाधारको तुलनात्मक रुपमा राम्रो विकास भएकाले जनजीवन केही सहज र सरल भएको पाइन्छ ।
– यस क्षेत्रका बासिन्दाहरुको मुख्य पेशा कृषि, व्यापार, नोकरी आदि हुन ।
– यो क्षेत्रका केही भूभागहरुमा वर्षाको समयमा वर्षा र बाढीका कारण डुवान हुने हुदा जनजीवन कष्टकर हुन पुग्छ ।
– यस प्रदेशमा हिमाल,पहाडबाट समेत मानिसहरुले बसाँइसराइ हुने भएकोले अन्य प्रदेशको तुलनामा बढी जनसँख्या र विविधतायुक्त समाज पाइन्छ ।
– थारु, मैथली,भोजपुरी, अवधी जस्ता स्थानीइ भाषाको बाहुल्यता रहेको छ ।
– तराई प्रदेशलाई निम्न तिन भागमा विभाजन गरिएको छ —
(क) भावर प्रदेश
– यो प्रदेश खास तराईको उत्तर चुरे पर्वतमालाको दक्षिणमा ३८० मिटर उचाइसम्म फैलिएको साँघुरो पेटीको रुपमा रहेको छ ।
– चुरे प्रदेश बालुवायुक्त, फुस्रो तथा नरम माटोले बनेको छ ।
– यो क्षेत्र खेतीपातीको लागि त्यति उपयुक्त छैन तर महत्वपूर्ण वनक्षेत्रले ढाकिएको छ ।
– चारकोसे झाडी यसै क्षेत्रमा रहेको छ ।
(ख) भित्री मधेश
– यसले मुलुकको ८.५ प्रतिशत भुभाग ओगटेको छ ।
– चुरे र महाभारत पर्वत श्रेणीको बीचमा ६०० मिटर अग्लो स्थानसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएको विशाल फाँटलाई भित्री मधेश भनिन्छ ।
– यसलाई दुन क्षेत्र पनि भनिन्छ ।
– यसमा निम्न ७ ओटा जिल्लाहरु पर्दछन् ।
– मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, उदयपुर, दाङ, सुर्खेत (सुत्र ः मसिचिन उदासु)
(ग) मुख्य तराई
– नेपालको सबभन्दा दक्षिणी समथर भुभागलाई मूल तराई वा मधेश भनिन्छ । यसको उचाई समुद्री सतहदेखि करिब १००– १५० मिटरसम्मको रहेको छ ।
– पाँगो माटोयुक्त यो क्षेत्र उर्वर क्षेत्रको रुपमा चिनिन्छ ।
– घना जंगली क्षेत्र प्रशस्त छ भने न्युन उचाइका कारण प्रचण्ड गर्मी पनि हुन्छ ।
– मुख्य तराईमा छुट्टै रहनसहन, सँस्कृति, रितिरिवाज, चालचलनयुक्त रहेको पाइन्छ ।

- नारायण रिजाल
For More Details:-https://narayanrijalofficial.blogspot.com/p/about-blog.html
Great Narayan sir go ahead best of luck
ReplyDeletethank you dear please share this and support each other
DeleteWow thank uh Narayan Sir for this information
ReplyDeletePost a Comment